यार्सा टिप्न गएकी युवतीको लेक लागेर मृत्यु
रुकुम पश्चिम | जेठ १५, २०८१
रूकुम पश्चिम: यार्सागुम्बा टिप्न डोल्पा गएकी रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–४ गोतामकोटकी जमूना विष्टको सोमबार लेक लागेर मृत्यु भएको छ।
डोल्पाको काइके गाउँपालिकाको लैनीमाथिको डाँडामा पुगेपछि २२ वर्षीया विष्टको मृत्यु भएको वडाध्यक्ष नरसिंह विष्टले जानकारी दिए। उनका अनुसार यार्सागुम्बा टिप्नका लागि डोल्पाको नाउरेमा पुगेपछि निज लेक लागेर बिरामी परेकी थिइन्।
‘बाटोमा बिरामी भएपछि यार्सा टिप्न सँगै गएका बहिनी र भिनाजुसँग घर फर्किदै गर्दा मृत्यु भएको हो,’ वडाध्यक्ष विष्टले भने, ‘सशस्त्र प्रहरी बलको सहयोगमा र्गए राति शव डोल्पा जिल्ला अस्पताल दुनैमा ल्याइएको थियो।’
अहिले अस्पतालमा पोष्टमर्टम गर्ने तयारी भइरहेको जानकारी दिँदै पोष्टमर्टम पश्चात् शव गोतामकोटमा ल्याइने बताए।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

